मेयरले एक्लौटी रुपमा बिनियोजित बजेट सञ्चालन गरेको गरे :उप -मेयर सुनिता सिंह बुढाथोकी

धनुषाको मिथिला नगरपलिकामा मेयर र उप मेयर बिचको बिबाद चुलिएको छ । मेयर महेन्द्र महतोले एक्लैटी रुपमा बिनियोजित बजेट स्वीकृत गरेको आरोप  विपक्षी पार्टीले लगाएपछी बिबाद  उत्कर्षमा पुगेको हो  ।

महिला बालबालिका, जेष्ठ नागरिक ,अपाङ्गता र  न्यायिक समिती लगाएतका शिर्षकमा बिनियोजित बजेट  अगाडि सञ्चालनमा आउन नसकेको  नगर उप -प्रमुख सुनिता सिंह बुढाथोकीको आरोप छ ।

उनले  प्रमुख प्रशासकीय अधिकृतले मेयरको आदेश अनुरुप मात्र काम गरेको र आफ्ना मागहरुलाइ बारम् बार बेवास्ता गरेको  बताएकी छन् । हिउँदे नगर सभा टाडिए पछि संशोधन हुनुपर्ने बजेटहरु, कार्यक्रम र  कानूनहरु संशोधन गर्न नपाएको उनको  गुनासो  रहेको छ ।

उनले भनिन् -´बारम्बार वार्ता गर्ने प्रयास गरे पनि उपलब्धिबिहिन भएका छौँ  । स्वास्थ्य देखि अशक्त  सम्मको भत्ता रोकिएको हुँदा ताला लगाउन बाध्य भएका  हौँ । पुराना निर्माणकाॠ  पूरा भएका संरचनाको समेत स्तर उन्नतीमा रोक लगाएको हुँदा बिकास निर्माण ठप्प परेको छ ।`

उप मेयर बुढाथोकीका अनुसार नगर पालिकामा उप सचिब तहका प्रशासकिय अधिकृतको हाजिर हुनुपर्ने बताएकी छन्  ।

यता मेयर महतोले शान्तिपूर्ण तरिकाले आफूहरु सँग सम्बाद गरे ताला खुल्ने तर माग पूरा नगरे  आन्दोलनका कार्यक्रम अघि बढने उप -मेयरले जनाएकी छन् ।