
जेष्ठ२९ गते महेन्द्रनगर ।भित्रिदै गरेको मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ।
सुरक्षा निकायहरुले विपदमा उद्धार गर्न सहयोग पुर्याउने उद्देश्यले ‘अभ्यास मनसुन – ५’ गरिएको श्री विष्णुदल गणका गणपति प्रमुख सेनानी प्रभुराम महतले जानकारी दिनु भयो । उहाँका अनुसार मनसुनमा घट्नसक्ने बाढी, पहिरो, डुबानलाई न्यूनीकरण गर्न विपद् उद्धार अभ्यासले मद्दत पुग्नेछ।
कार्यक्रममा डुबानमा फसेकालाई जोगाउने साथै प्राथमिक उपचार गरी क्षति न्यूनीकरण कसरी गर्ने बारेमा अभ्यास कार्यक्रम गरिएको थियो। जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले अभ्यास कार्यक्रमले विपत व्यवस्थापन गरी न्यूनीकरण गर्न मद्दत पुग्ने बताउनु भयो ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, बटेश्वर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षक ,रेड्क्रसका प्रतिनिधि लगाएत स्थानियको सहभागिता रहेको थियो ।