महोत्तरी ट्राफिक प्रहरिले सुरु गर्यो ट्राफिक जनचेतनामूलक सप्ताह

जेस्ठ२२ ,महेन्द्रनगर डेस्क

महोत्तरीको बर्दिवासमा ´ट्राफिक जनचेतनामूलक सप्ताह` शुरु भएको छ । बिहिवार महोत्तरीका प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद रिजालको अध्यक्षता तथा नगरप्रमुख प्रहलाद क्षेत्रीको प्रमुख अतिथ्य्तामा समुदाय–प्रहरी साझेदारी ः सुरक्षित सडक, सुरक्षित समाज” भन्ने मूल नाराका साथ सप्ताह शुरु भएको हो ।

समारोहमा सडक सुरक्षा सम्बन्धि ब्यानर सहित सडकमा र्याली निकाएको थियो ।बाजागाजा सहित र्यालीमा सहभागीहरुले   बर्दिवाबासका हाइवे सडकमा प्रभातफेरि निकालेका थिए ।

ट्राफिक सप्ताहले ट्राफिक नियम सम्बन्धि  ज्ञान बढाउने र  दुर्घटनाको सम्भावना घटाउने हुँदा   ट्राफिक सप्ताह गर्नु आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरीका प्रमुख लक्ष्मीराज जोशीले जनाए ।उनले सुरक्षित यातायात प्रणालीलाई जोड दिने हुँदा सुरक्षीत यात्रा मात्र न भै सवारीको ब्यबस्थापन समेत गर्ने बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रह्लाद क्षेत्रीले यस किसिमको कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने हुँदा समय समयमा यस्ता कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नगरका  विभिन्न बिद्यालयबाट सहभागी  बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा  महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी ,प्रहरी प्रमुख ,विभिन्न पालिकाका प्रमुख ,नेपाली सेनाका अधिकारी  , सशस्त्र प्रहरीका अधिकारी ,यातायात व्यावसायका सरोकारबाला  , होटल ब्यबसायका प्रतिनिधि ,यातायात कार्यालय महोत्तरीका  प्रमुख लगाएतको सहभागीता रहेको थियो ।!