भंगहा वडा न ४ र जानकी मेडिकल कलेजको समन्वयमा भोलि सोमबार बृहत् स्वास्थ्य शिबिर हुने

  |

महोत्तरीको भंगहा नगरपालिकामा जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल र वार्ड नं ४ बिचको  समन्वयमा कात्तिक ५ गते  सोमबार  बृहत् स्वास्थ्य शिबिर हुने भएको छ ।

वार्ड अध्यक्ष गणेश महतोको विशेष पहलमा उक्त शिबिर संचालन हुने भएको छ।

वार्डवासी   सहित नगरका  आम सर्वसाधारणलाई लाभ पुर्याउन  उक्त कार्यक्रम राखिएको वार्ड अध्यक्ष  महतोले बताए ।

उनले यस किसिमको शिबिरको मूल अभिप्राय भनेको   स्वास्थ्य लाभ गर्नु भएकाले वार्डमा राख्न लागिएको बताए ।

शिबिर कार्यक्रम स्थानिय  वार्डको बिधालयको भवनमा सोमबार  बिहान ८ बजे देखि सुरु हुने छ ।

शिबिरमा मेडिकलको तर्फबाट विभिन्न किसिमको स्वास्थ्य सेवा प्रदान हुने मेडिकल कलेजले जनाएको छ ।जस अन्तर्गत आँखा कान घाँटी पेट ,स्त्री रोग , बाल रोग लगाएत सम्बन्धि स्वास्थ्य परिक्षण हुने  छन्  । रोग सम्बन्धि ल्याब साथै  भिडियो एक्स रे सेवा लगाएत औसधि समेत बितरण हुने अस्पतालले जनाएको छ ।