प्रहरीले दमन नरोके अब नयाँ तरिकाबाट प्रस्तुत हुने :राउतको चेतावनी

  |

 

जनकपुर।धनुषाको पोर्ताहामा प्रहरीले जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको घटनापछि केन्द्रीय अध्यक्ष डा. सीके राउतले प्रहरीमाथि आक्रोश पोखेका छन् ।
अध्यक्ष डा. राउतले नश्लीय प्रहरीले बन्दुकको दम्भ देखाएको आरोप लगाए। घाईते कार्यकर्तालाई भेट्न जनकपुरधाम स्थित प्रादेशिक अस्पताल पुगेका उनले भने- नश्लीय प्रहरीले आफ्नो बन्दुकको दम्भ देखाएको एउटा उदाहरण हो पोर्ताहा घटना । नरसंहार गर्न खोजिएको छ । यसको जवाफ प्रहरीले दिनुपर्छ ।

..प्रहरीले क्रुर दमन नरोके अब नयाँ तरिकाबाट सशक्त रुपमा प्रस्तुत हुने अध्यक्ष डा. राउतले चेतावनी समेत दिए । उनले काठमाडौंमा सिंहदरबार अगाडी कै सडक अवरद्ध गर्दा पानीको फोहोराले स्वागत गर्ने गरेको र यहाँ शान्तिपूर्ण आन्दोलन गर्दा पनि गोली चलाएर नरसंहार गर्न खोजेकोमा दुःख व्यक्त गरे ।

पोर्ताहामा प्रहरीले चलाएको रबरको गोली लागेर ५ जना घाईते भएका छन् । उनीहरु खतरामुक्त रहेको चिकित्सकले जनाएको छ । प्रहरी दमनमा उत्रेपछि जनमत पार्टीका नेताहरुले अब नयाँ रणनीति बनाउन व्यस्त भएका छन् ।