यस्तो छ आज हुने प्रदेश नं.२को प्रस्तावित राजधानीको भूगोल र मत

  |

 

निकै बिबादास्पद बनेको प्रदेशको राजधानी र नामकरणको बिषयमा आज मतदान हुने भएको छ ।

राजधानी सम्बन्धी प्रस्तावमाथिको छलफलमा सहभागी सभासदहरुले दलगत रुपमा गरिएको प्रस्तावको पक्षमाआ–आफ्नो धारणा राखेका थिए । प्रस्ताव माथी क्रमश मतदान हुने भएको छ ।तर,पहिलो प्रस्तावित राजधानी र नामकरणमा दुई तिहाई बहुमत पुगे दोश्रोमा प्रस्तावमा छलफल तथा मतदान नहुने भएको छ ।यस्तो छ आज हुने प्रस्तावित राजधानीहरु र तिनका भूगोल :

#प्रस्तावित राजधान जनकपुर
राजधानीका लागि जनकपुरधाम (उत्तरमा पूर्वपश्चिम राजमार्गको ढल्केवर, पूर्वमा कमला नदी, पश्चिममामिथिला बृहत परिक्रमा सडक भित्रको महोत्तरी जिल्लाको क्षेत्र र दक्षिणमा नेपालको सीमा) लाई पहिलो प्रस्ताव राखिएको छ ।

#प्रस्तावित राजधानी बिरगंज
त्यसैगरी वीरगन्ज (पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म) को क्षेत्रलाई राजधानी राख्ने प्रस्ताव र वीरगन्ज महानगरपालिकालाई मात्र राजधानीको रुपमा दर्ता गरिएको प्रस्ताव रहेको छ ।

कस्को कति छ मत संख्या ?

प्रदेश सभामा हाल १ सय ४ जना सभासद छन् । त्यस मध्ये जसपाका ३९ जना, लोसपाका १६ जना र माओवादी केन्द्रका ८ जना गरी ६३ को समर्थन मधेश प्रदेश र जनकपुरधाम राजधानीमा छ । १ जना सभामुख छन् । नेपाली कांग्रेसको १९ जना मिथिला– भोजपुरा र जनकपुरधामको पक्षमा रहेका छन् ।

नेकपा ए सका १३ र एमालेका ८ जना जानकी प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा रहेका छन् । प्रदेश सभामा रहेका १ जना स्वतन्त्र सभासद भने मधेश प्रदेश र जनकपुरधाम राजधानीको समर्थनमा छन् ।