लालबन्दीमा स्कुटर दुर्घटना हुँदा ढल्केबरका पुरुषको मृत्यु

  |

सर्लाहीको लालबन्दीमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।ज्यान जानेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिन छन् ।

ज १२ प ३८०३ नम्बरको स्कुटर लालबन्दी नगपालिका–९, स्थित भित्री सडक खण्डमा पख्रीन सवार स्कुटर दुर्घटना भएको इलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

प्रहरीका अनुसार स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका पाख्रिनको उपचारका क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना कारणका बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।