गणतन्त्र दिवसको उपलक्ष्यमा महेन्द्रनगरमा ४० वर्ष भन्दा माथिको पुरुष दौड प्रतियोगिता सम्पन्न

२०८१/२/१५ धनुषाको क्षिरेश्वरनाथ  -५ स्थित महेन्द्रनगरमा गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना  भएको  ४० वर्ष माथिको   पुरुष दौड  प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। नेकपा एमालेको नगर कमिटीको आयोजनामा मंगलवार  गरिएको ५ किलोमिटर दौड प्रतियोगिता उत्साहपूर्बक सम्पन्न भएको हो ।

नेकपा एमालेका  नगर अध्यक्ष अनिल चौधरीको अध्यक्षता तथा नगर प्रमुख सुकदेब यादबको प्रमुख अतिथ्यता  र नेकपा एमाले प्रदेश कमिटी सदस्य महेन्द्र यादबको विशिष्ट  अतिथ्यतामा भएको कार्यक्रममा करिब ३० जना धावक सहभागी रहेका थिए ।

 

दौडको शुरुवात  राजदेबि मन्दिर भन्दा केही अगाडिबाट भएको थियो भने अन्त महेन्द्रनगरको नागरपालिका कार्यालयमा भएको थियो ।कार्यक्रममा प्रथम  दोस्रो , तेस्रो र चौथो  धावकलाई पुरस्कारको ब्यबस्था गरिएको थियो ।

यता,उक्त दौड प्रतियोगितामा बिजेतामा   घुरन महतोले पदक हात पारेका छन् । त्यस्तै दोश्रोमा  जितेन्द्र कुमार साह  ,तेश्रो मा राम तुला साफी  र चौथोमा  सन्जय श्रेष्ठ  भएका छन् । प्रथम द्वितीय  तृतीय र चौथो लाई क्रमस रु ११०००,रू ८१००,रू ५१०० र रु  ३१०० प्रदान गरिएको थियो ।कार्यक्रममा शिल्ड सहित  सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सुखदेब यादबले यस्तै खेलबाट शारीरिक रुपकमा तन्दुरुस्त हुने बताउदै योगाको लागि  रामदेब बाबाको शरणमा गएर योगा  गर्नै नपर्ने  बताए । खेल नै स्वास्थ्य रहने अचुक उपाए रहेको बताउदै उनले  खेलमा नगरले  सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नगर अध्यक्ष अनिल चौधरीले आगामी दिनमा पनि गणतन्त्र दिबसको उपलक्ष्यमा यस्तै कार्यक्रमको निरन्तरता दिने बाताए । आगामी दिनमा अझ जन सहभागीता रहनेमा बिश्वस्त रहेको बताउँदै अझ जन  सहभागीताको अपेक्षा  रहेको  बताए।

कार्यक्रममा सहभागीहरुमा  वार्ड ९ अध्यक्ष अबध किशोर यादब , वार्ड ६ का अध्यक्ष बिनोद गुप्ता , पेट्रोलियम डिलर  एसोसियसनका वरिष्ठ जिल्ला उपाध्यक्ष ललित साह , युवा अभियान्ता सितेश झा लगातएतको सहभागीता रहेको थियो । विशेष सहयोगीमा कृष्णा मेडिकलका  कृष्णा यादब , राजु मोटरसाइकलका राजु  साह,जिल्ला सदस्य दिपन ठाकुरको सहभागीता  रहेका  थियो ।