
२०८१/१२/२१ रोहित खनाल (सम्राट) महेन्द्रनगर डेस्क ।
मिथिला नगरपालिका वडा नं ७ मा रहेको नेपाल विद्युत प्राधिकरण ग्रिड सवस्टेशन ढल्केवरमा भएको आगलागी सेनाको सहयोगमा केही बेर मै नियन्त्रणमा आएको छ ।
बिहिवार दिउँसो करिब १२ बजेतिर विद्युत प्राधिकरणको बाहिर फालेको फोहरमा आगलागी हुँदा आगो सल्किए पछि नेपाली सेनाको टोली आगो नियन्त्रण गर्न खटिएको थियो । सेनाले करिब साढे एक बजे आगो नियन्त्रणमा लिएको नेपाली सेनाले न्यूज अफ नेसनलाई जनाएको छ ।
आगलागीको सूचना पाउन साथ महेन्द्रनगर स्थित श्री बिष्णु दल गणको टोलि सहित क्षिरेश्वरनाथ नगरपालिकाको दमकल सब स्टेसन पुगेको थियो ।