मौसममा बदली हुँदै मधेसलगाएतका ठाउँमा वर्षा हुन सक्ने

२०८१/१२/२७ गते

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको।

यसको प्रभावले कोशी, मधेस, बागमति, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागका मौसम मुख्यतया सफा रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।