ओली आएपछी बद्लिएको धनुषाको ट्राफिक ब्यबस्था

  |

रोहित खनाल(सम्राट ),महेन्द्रनगर ।

जिल्ला ट्राफिक कार्यलयका प्रहरी निरीक्षक हरि बहादुर ओली जो दैनिकी जसो सडकमा समय ब्यतित गर्ने  गर्छन ।अधिकांश  समय ट्राफिक जनचेतना जगाउनमा ब्यस्त निरीक्षक ओली बिगतमा ट्राफिक प्रहरीमा  देखिएको बिकृती  हटाउन  र दुर्घटना न्यूनीकरणमा हर  सम्भब प्रयास गर्न पछि पर्दैनन् ।

पुष माघको जाडो होस या बैशाख जेठको उखर्माउलो गर्मी  प्रहरीको वर्दीमा अफ्नो कर्तव्य निष्ठामा तल्लिन प्र निरिक्षक ओलीको अथक प्रयास पछि धनुषामा  उच्च दुर्घटनाको क्रम भंग भएको छ ।जनकपुरका राजधानी केन्द्रित भिआईपी सडक हुन् या ग्रामीण भेगका सडक हुन् दुर्घटनाको न्यूनीकरण कसरी गर्ने बारे जनचेतनामूलक कार्यक्रम उनको दैनिकी बनेको छ ।उनको सक्रियताले धनुषामा दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा सुधार पाएको छ ।बिगतको आर्थिक वर्ष २०८०/२०८१ मा श्रावण देखि चैत्र सम्ममा ५९  जनाको दुर्घटनामा मृत्यु भएकोमा भने हाल २०८१/२०८२ मा करिब ५० जनाको  मात्र दुर्घटना बाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा रहेको छ।यो संख्या बिगतको भन्दा ९ जनाले कम हो ।

यता बिगतमा ट्राफिकले सवारीलाई दु:ख दिएको घट्ना  सर्बसाधारणको एक मानसिकता बनेको बेला सवारीबाट हुने जीउँधनको सुरक्षा र झन्झट रहित सेवा प्रदान कसरी गर्ने कुरा  उनको प्राथमिकतामा देखिन्छ ।

निरीक्षक ओलिको क्रियाशिलतामा ट्राफिकले बिगत नौ  महिनामा जनचेतनामूलक कार्यक्रम नगरेको कुनै पालिका रहेका छैनन्  ।धनुषामा रहेका १९ स्थानीय तहमा रहेका बिद्यालय तथा सार्बजनिक क्षेत्रमा उनको कार्यक्रम प्राय: हुने गरेको छ ।

सुधारका क्षेत्रमा  एक चुनौतीको रुपमा रहेकी  सिटि रिक्साको ब्यबस्थापन  निरीक्षक ओलीको पालामा सुधार उन्मुख देखिन्छ ।नगरमा अव्यवस्थित रहेको सिटि रिक्सा अहिले पार्किङ स्थलमा रहेको देख्न सकिन्छ । पार्किङ क्षेत्र भन्दा बाहिर रहेका सवारीलाई नियन्त्रणमा लिएर कार्बाही गर्ने  गरेको देख्न सकिन्छ ।

जनकपुरको केन्द्र रहेको जानकी मन्दिर परिसरमा हुन ठेला -गाढाको पर्किङ हटेपछी बाटो हिंड्न सजिलो भएको स्थानीय बताउँछन्।

बिगतमा बिबादास्पद बन्ने गरेको लाइसेन्सको ट्राइलमा समेत सुधार भएको परिक्षार्थि बताउने गरेका छन् ।दलाल र बिचौलियाबाट बच्न प्रयाप्त सचेतनामूलक  कार्यक्रम गरेको प्रहरी निरीक्षक ओली बताउँछन् ।