अधिवेशनको माग राख्दै नेकपा एमाका कायकर्ता धर्नामा

नेकपा एमालेको ८ औं  अधिबेशन बिबाद पश्चात् रोकिए पछि पुन : अधिवेशनको माग राख्दै  काय कर्ता धर्नामा बसेका  छन्  । पूर्व मन्त्री तथा   निर्वाचन संयोजक  जुलि महासेठको घरमा धर्नामा बसेका हुन् ।

बैशाख बीस गते देखि शुरु भएको अधिबेशनमा सर्ब सम्मतिले नेतृत्व चयन हुन नसके पछि निर्वाचन प्रक्रियामा गए पनि अधिवेशन भएको थिएन ।

अन्तिम नामाबली प्रकाशित भएपछी असन्तुष्ट केही कार्यकर्ता बिच बिबाद उत्पन्न हुँदा कुर्सि हानाहान समेत भएको थियो ।

निर्वाचन कमिटीले अधिवशन अनिश्चित कालका लागि सारिएको थियो ।

अध्यक्ष पदका लागि प्रतिस्पर्धामा भोला यादब र लक्ष्मी नारायण यादब रहेका छन् ।

यता , पूर्व मन्त्री तथा   निर्वाचन संयोजक  जुलि महासेठले निर्वाचन सूचारु  गराइने  बताए ।