क्षीरेश्वरनाथ नगरपालिकाले वडा नं. ५ मा निर्माण गरिएको क्षिरेश्वरनाथ नगरपालिकाको नयाँ प्रशासनिक भवनको उद् घाटन श्रावण १४ गते बुधबार हुने भएको छ ।
नगर प्रमुख सुखदेब यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भवनको पूजा-आर्चना, प्रसाद वितरण ,जेष्ठ नागरिकको सम्मान लगाएतको विभिन्न गतिविधिहरू हुने भएको छ ।
यस्तो छ कार्यक्रमको विवरण अनुसार:
• हनुमान आराधना तथा पूजा-आर्चना: २०८२/०४/१४ गते बिहान ८:०० बजेदेखि
• प्रसाद वितरण: २०८२/०४/१४ गते :३०० बजेपछि
• जेष्ठ नगरिक सम्मान :१४ गते ३ बजे देखि
नगर प्रमुख यादवका अनुसार कार्यक्रममा उपस्थित हुन सम्पूर्ण अतिथिहरूलाई आमन्त्रण गरेका छन् भने उनले भवनको प्रयोगबाट नगरवासीलाई सहज र प्रभावकारी सेवा प्रदान गरिने जनाएका छन् ।



