जेस्ठ २७ गते रोहित खनाल (सम्राट ),महेन्द्रनगर ।

गर्मी अत्याधिक बढे सँगै धनुषाको महेन्द्रनगर सहितका ठाउँमा सर्पको बिगबिगी बढ्दै गएको छ। गर्मी लागेसँगै गौमन, करेत लगायतका विषालु सर्पहरू देखा परिरहेका छन्। साँझा बिहान सर्प देखा पर्न थाले पछि सर्पको आतंक फैलन थालेको छ ।
सर्प उद्धारकर्ता यस भेगमा नभएका कारण देखिएको सर्प मार्ने गरिएको छ । गाउँघरमा सर्प देख्ना साथ मारिहाल्ने चलन रहेको छ तर वातावरणका हिसाबमा यो सहि तरिका हैन ।बाताबरण बिज्ञका अनुसार सर्प मार्नु पर्यावरण लागि समेत घातक हुने बताउँछन् ।बिज्ञ भन्छन् सर्प र मानिसबीचको द्वन्द्व भनेको जब सर्प आहारा खोज्न मानिसको नजिक आउँछन्, तब द्वन्द्व बढ्ने सम्भावना हुन्छ।
सर्पको टोकाइ बाट कयौंको विभिन्न समयमा मृत्यु हुने गरेको तथ्यांकले जनाउँछ। महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रका चिकित्सक भुवन कुँवरका अनुसार २०८१ सालमा बिच्छी र सर्पदंश गरेर २७० जना बिरामीको उपचार भएको थियो २०८२ को वैशाखदेखि हालसम्म ३८ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् ।बिषालु जन्य सर्पलाई सुरक्षित बासस्थानमा स्थान्तरण गर्द यस्ता सर्पबाट हुने दुर्घटनामा कमि हुने बिज्ञ बताउँछन् ।महेन्द्रनगरमा रहेको एक मात्र सर्प दंश उपचार केन्द्रमा सर्प उद्धारकर्ता भने रहेका छैनन् । यस्ता अस्पतालमा उद्दारकर्ता हुँदा सजिलै सर्प देखिना साथ उद्दार गर्न सकिने सर्ब सर्वसाधारण बताउँछन् ।



