राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट‘धनुषा–काठमाडौं सम्पर्क विभाग’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘धनुषा–काठमाडौं सम्पर्क विभाग’ गठन भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित होटल तपसमा सम्पन्न मधेश–काठमाडौं सम्पर्क विभागको बैठकबाट प्रभु प्रसाद चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । जेठ ५ गतेको बैठकको निर्णयअनुसार गठित समितिको उपप्रमुखमा अमर बहादुर खत्री र सचिवमा रोशन कुमार सिंह चयन भएका छन् । यस्तै, सदस्यहरूमा मनिष कुमार महतो, राकेश कुमार मण्डल, रोशन कुमार मण्डल, अरुन कुमार यादव, रविन्द्र कुमार राउत र विष्णु कुमार श्रेष्ठ रहेका छन ।

मधेश–काठमाडौं सम्पर्क विभागका डा. मनोज रजकको अध्यक्षतामा सम्पन्न उक्त भेलामा रास्वपा मधेश प्रदेश सभापति एवं सांसद ई. तपेश्वर यादव प्रमुख अतिथि र केन्द्रीय विभाग सदस्य एवं सांसद कुसुम महर्जन विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले देशमा सुशासन र पारदर्शिता कायम गर्न पार्टी दृढ रहेको बताउँदै राजनीतिक स्वार्थका लागि संसद अवरुद्ध गर्ने प्रवृत्तिको आलोचना गरे।
। नवगठित समितिले संघीय राजधानी र धनुषा जिल्लाबीच समन्वयको बलियो पुलका रूपमा काम गर्ने र काठमाडौंमा रहेका धनुषावासीलाई आइपर्ने समस्यामा सहजीकरण गर्ने विश्वास कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका थिए ।